NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थ कहिल्यै नराख्ने स्पष्ट पारेका छन्। बुधबार जारी गरेको भिडिओ सन्देशमार्फत थापाले विगतका कमजोरी सच्याउँदै कांग्रेस नयाँ दिशामा अघि बढिरहेको बताए। बदलिएको नेपाली कांग्रेसले अघिल्लो कांग्रेसका राम्रा कामलाई निरन्तरता दिने र गल्ती भएका अभ्यासहरू त्याग्ने उनको भनाइ छ।
“कुनै कुरा नजानेर भयो होला, कतिपय हाम्रो आफ्नै गल्ती पनि हुन सक्छ। ती गल्तीहरूलाई सच्याएर अघि बढ्ने कांग्रेस हो—बदलिएको नेपाली कांग्रेस,” उनले भने। थापाले सत्ताका लागि सिद्धान्तसँग सम्झौता नगर्ने स्पष्ट गर्दै कांग्रेसलाई केवल ‘इलेक्सन मेसिन’का रूपमा नहेर्न आग्रह गरे।
“सत्तामा पुग्न वा टिक्नका लागि जे पनि गर्ने, जोसँग पनि मिल्ने कांग्रेस होइन। आवश्यक पर्यो भने आनन्दले सरकार बाहिर बस्छ,” उनले भने।
उनले पुनः जोड दिँदै भने, “बदलिएको नेपाली कांग्रेसले राष्ट्रको हितभन्दा माथि पार्टीको हित कहिल्यै राख्दैन। पार्टीभन्दा माथि राष्ट्र हुन्छ, र सिद्धान्तसँग सम्झौता हुँदैन।”

प्रकाशित मिति:
बुधबार, माघ २१, २०८२
१८:४३
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्