Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

डस्टबिनबाट सुन टिपेर बाहिर लैजाँदै गर्दा विमानस्थलमै समातिए कर्मचारी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारीलाई सुन तस्करीको प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालिमार्फत विमानस्थल सरसफाइमा खटिएका ४० वर्षीय डिकबहादुर राउत रहेका छन्। विमानस्थल प्रहरीका अनुसार राउतले डस्टबिनमा फालिएको फोहरबाट सुन निकालेर बाहिर लैजान खोजिरहेका बेला पक्राउ गरिएको हो।

विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार शंकास्पद फोहरको पोको स्क्रिनिङ गर्दा ४.४ ग्राम सुन फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार