NL न्यूज
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा कार्यक्रमको स्रोत अभावसम्बन्धी समस्या तत्काल समाधान गरिने प्रतिबद्धता जनाएकी छन्। बुधबार सरोकारवाला निकायसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अघि बढाइने स्पष्ट पारेकी हुन्।
प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न, गरिब, अपांगता भएका, अशक्त तथा कमजोर वर्गका नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई सामान्य समस्या नभई विपद्कै रूपमा लिनुपर्ने बताइन्। उनले स्रोत अभावका कारण सेवा प्रभावित हुनु गम्भीर विषय भएको भन्दै अर्थमन्त्रीसँग तत्काल छलफल गरी ढिलाइ नगरी समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गरिन्।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन कडा नियमन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले कार्यक्रमको उद्देश्य कमजोर वर्गको हित संरक्षण भएकाले त्यसअनुसार नै नीति र कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्। उनले आगामी दिनमा सरकारले यो कार्यक्रमलाई नागरिकमैत्री र दिगो ढंगले अघि बढाउने बताइन्।
प्रधानमन्त्री कार्कीले आवश्यक परे सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बीमाका लागि आवश्यक बजेट सुनिश्चित गर्ने स्पष्ट संकेत दिइन्। जनताले नियमित रूपमा प्रिमियम तिर्दा पनि सरकारले बजेटको व्यवस्था नगर्ने अवस्था स्वीकार्य नहुने भन्दै उनले राज्यको जिम्मेवारीबाट पछि हट्न नसकिने बताइन्।
स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तर र विश्वसनीय बनाउनु सरकारको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले नागरिकको भरोसा कायम राख्न कुनै कसर बाँकी नराखिने बताइन्।

प्रकाशित मिति:
बुधबार, माघ २१, २०८२
१७:३९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्