NL न्यूज
काठमाडौं। केन्द्रीय कार्यसमितिबाट पहिलोपटक भावी प्रधानमन्त्रीको उम्मेदवार तोकेर निर्वाचनमा होमिएको नेपाली कांग्रेसले देशव्यापी चुनावी सभाको तयारी तीव्र पारेको छ। कांग्रेसले फागुन ७ गते जनकपुरमा मधेस सभा गर्दै औपचारिक रूपमा चुनावी अभियानको सुरुवात गर्ने तयारी गरेको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ देखि १८ गतेसम्म प्रचारप्रसारको समय निर्धारण गरिसकेको छ। सो अवधिमा हुने ठूला आमसभा र चुनावी कार्यक्रममा कांग्रेसले प्रमुख वक्ताहरू पनि तय गरेको छ।
यसपटक कांग्रेसले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा केन्द्रीय कार्यसमितिबाट घोषणा गरिसकेको छ। त्यसैअनुसार सभापति थापा र निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति विश्वप्रकाश शर्मा कांग्रेसका चुनावी सभाका मुख्य वक्ता रहनेछन्।
सहमहामन्त्री डा. डिला संग्रौला पन्तका अनुसार प्रधानमन्त्रीको उम्मेदवार र निर्वाचन परिचालन समितिको संयोजक भएकाले थापा र शर्मालाई प्रमुख वक्ताका रूपमा अघि सारिएको हो। उनका अनुसार उपसभापति शर्मा देशभर हुने अधिकांश ठूला सभामा सहभागी हुनेछन् भने सभापति थापाको पनि विभिन्न जिल्लाबाट माग आएकाले समय मिलेसम्म जाने तयारी छ।
कांग्रेसले थापा र शर्मालाई चुनावी वक्ताका रूपमा देश दौडाहामा उतार्ने योजना बनाएको छ। यसबारे पार्टी केन्द्रीय कार्यालयले निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले सभापति र निर्वाचन परिचालन समितिका संयोजक प्रमुख वक्ताका रूपमा रहने स्पष्ट पारे। उनका अनुसार अन्य वक्ताहरू भने स्थान र आवश्यकताअनुसार फरक–फरक हुन सक्छन्।
हाल कांग्रेसले प्रचार अवधिमा कति वटा ठूला आमसभा गर्ने र कुन सभामा थापा तथा शर्मा सहभागी हुने भन्ने अन्तिम तालिका बनाइसकेको छैन। पार्टी केन्द्रीय कार्यालयका अनुसार तालिका बनाउने काम अन्तिम चरणमा छ।
सभापति थापा यसपटक सर्लाही–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। यसअघि २०७०, २०७४ र २०७९ मा काठमाडौं–४ बाट निर्वाचित भएका थापाका लागि सर्लाही क्षेत्र नयाँ हो। त्यसैले उनी अन्य स्थानका चुनावी सभामा कति सहभागी हुन पाउँछन् भन्ने विषय अझै निश्चित भइसकेको छैन।
सर्लाही–४ मा थापाको प्रतिस्पर्धा पूर्व सहयात्री डा. अमरेशकुमार सिंहसँग हुँदैछ। २०७९ मा स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका सिंह अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। उपसभापति शर्मा भने यसपटक निर्वाचनमा उम्मेदवार बनेका छैनन्। २०७९ मा झापा–१ बाट निर्वाचित भएका शर्माले यसपटक चुनाव नलड्ने घोषणा गर्दै देशभर कांग्रेसका उम्मेदवारको पक्षमा प्रचारमा सक्रिय हुने बताएका छन्।

प्रकाशित मिति:
बुधबार, माघ २१, २०८२
१४:०२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्