Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचन आयोगलाई काठमाडौं महानगरपालिकाले पठायो स्पष्टीकरणको जवाफ

जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा वार्षिक बजेटबाट स्वीकृत कार्यक्रम

काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ । 

निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछि, महानगरले ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम सुरु गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो ।

महानगरपालिकाले पठाएको जवाफमा ७० वर्षमाथिका नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने कार्यक्रम वार्षिक बजेटबाट स्वीकृत कार्यक्रम भएको उल्लेख छ । 

महानगरपालिका नगरसभाको १७ औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको क्रमसंख्या ७७१ मा ७० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा कार्यक्रम स्वीकृत भएको महानगरपालिकाले आयोगलाई जानकारी दिएको छ । 

निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) अनुसार, वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएबाहेकका अन्य कार्यक्रम सञ्चालन गर्न नहुने व्यवस्था रहेको छ । तर, महामारी वा आकस्मिक परिस्थिति भएमा आयोगको स्वीकृति लिएर कार्यक्रम सञ्चालन गर्न सकिने प्रावधान पनि छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार