Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

महेश बस्नेतको आक्रोश: ‘सर्वोच्च भाग्न मिल्दैन, फैसला गरिहाल्नुपर्छ’

काठमाडौं ।  नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनासम्बन्धी रिटमाथि सर्वोच्च अदालतले ढिलाइ नगरी निर्णय गर्नुपर्ने बताएका छन्।
काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारसँगको छलफलमा बोल्दै बस्नेतले लामो समयदेखि मुद्दा पेसीमा नचढ्नुले न्यायालयप्रति नै प्रश्न उठिरहेको बताए। उनका अनुसार सर्वोच्च अदालतले यो विषयबाट उम्किन खोज्नु उपयुक्त हुँदैन।

बस्नेतले पछिल्ला दिनहरूमा प्रधानन्यायाधीशको अनुपस्थितिलाई संकेत गर्दै न्यायिक प्रक्रियामै उदासीनता देखिएको आरोप लगाए। उनले न्यायालयप्रति जनविश्वास कमजोर हुँदै गएको भन्दै यस अवस्थालाई गम्भीर संकटको संकेतका रूपमा व्याख्या गरे।

उनका अनुसार यदि संसद् पुनर्स्थापना भयो भने चुनावको तयारीमा गरिएका गतिविधि र खर्च व्यर्थ जानेछ। यही अन्योलका कारण पार्टीले ढुक्क भएर निर्वाचन प्रक्रियामा अघि बढ्न नसकेको उनको भनाइ छ। त्यसैले उनले सर्वोच्च अदालतलाई तत्काल फैसला सुनाउन आग्रह गरे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार