NL न्यूज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वृहत बजेट प्याकेजमा हस्ताक्षर गर्दै प्रमाणीकरण गरेसँगै अमेरिकामा जारी आंशिक सरकारी कामकाज बन्द (सटडाउन) अन्त्य भएको छ ।
मंगलबार तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले २१७–२१४ को झिनो मतान्तरले बजेट प्याकेज पारित गरेको थियो । यसअघि माथिल्लो सदन सिनेटले गत हप्ता नै विधेयकलाई स्वीकृति दिइसकेको थियो ।
राष्ट्रपति ट्रम्पले विधेयक पारितलाई अमेरिकी जनताको ठूलो विजयको संज्ञा दिएका छन् । आप्रवासीहरूलाई लक्षित गरी संघीय निकायहरूले सञ्चालन गरेका विवादास्पद अपरेसनका कारण डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) को बजेटलाई लिएर डेमोक्रेटहरूको कडा विरोध भएपछि यो विधेयक केही समय रोकिएको थियो ।
नयाँ बजेट व्यवस्थाले सेप्टेम्बरको अन्त्यसम्मका लागि अधिकांश संघीय सरकारी निकायहरूको खर्च सुनिश्चित गरेको छ । तर सम्झौताअनुसार डीएचएसका लागि भने फेब्रुअरी १३ सम्मका लागि मात्र अस्थायी कोषको व्यवस्था गरिएको छ ।
गत शनिबार कंग्रेसले समयमै बजेट पारित गर्न नसक्दा सरकारी निकायहरूको कोष सकिएर आंशिक सटडाउन सुरु भएको थियो ।

प्रकाशित मिति:
बुधबार, माघ २१, २०८२
०९:५९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्