NL न्यूज
काठमाडौं । फागुन २१ का लागि घोषित प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थाअन्तर्गत आजबाट नेपाली सेना परिचालन गरिएको छ ।
निर्वाचनपूर्वको एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना आजदेखि फिल्डमा निस्किएको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत देशभर ७९ हजार ७२७ जना सैनिक परिचालन गरिएको छ । उनीहरूले आवश्यकताअनुसार नियमित तथा संयुक्त गस्ती गर्नेछन् । संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा संयुक्त गस्तीसमेत गरिने उनले बताए ।
मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका थिए । त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना तयार पार्ने, सोहीअनुसार तालिम तथा अभ्यास गर्ने काम गरेको थियो ।
९ असोजमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पारित भएसँगै सोही योजनाअनुसार सेना परिचालनसहित सुरक्षाका अन्य कार्यहरू सुरु भएका हुन् ।
हवाई गस्ती र हेलिकप्टर ‘स्टान्डबाई’
निर्वाचन अवधिभर नेपाली सेनाले हवाई गस्तीसमेत गर्ने भएको छ । त्यसका लागि सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरी गरी पाँच स्थानमा हेलिकप्टर ‘स्टान्डबाई’ राखिएको सेनाले जनाएको छ ।
विकट तथा अतिसंवेदनशील क्षेत्रमा हवाई गस्ती गरिनेछ भने निर्वाचनका क्रममा र निर्वाचनपश्चात् मतपेटिका ढुवानीका लागि पनि हेलिकप्टर प्रयोग गरिने सहायक रथी बस्नेतले बताए । सडक सञ्जाल नपुगेका स्थानमा मतपत्र तथा मतपेटिका ढुवानी सेनाले हवाई माध्यमबाट गर्नेछ । गणनास्थलसम्म मतपेटिका ल्याउने काम पनि हेलिकप्टरमार्फत गरिनेछ ।
बम डिस्पोजल टोली पनि तयारी अवस्थामा
निर्वाचन विथोल्न सक्ने समूहबाट बम तथा विस्फोटक पदार्थ प्रयोग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाली सेनाले बम डिस्पोजल टोलीसमेत तैनाथ राखेको जनाएको छ । अति संवेदनशील मतदानस्थलहरूमा यस्ता टोली ‘अलर्ट’ अवस्थामा रहनेछन् ।
विमानस्थलदेखि कारागारसम्म सेनाको सुरक्षा
निर्वाचनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा फिल्डमा खटिने भएकाले महत्वपूर्ण प्रतिष्ठान, कारागार तथा विमानस्थलको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थलहरू, कारागार कार्यालयहरू, सिंहदरबारलगायतका महत्वपूर्ण सरकारी प्रतिष्ठानहरूको सुरक्षा नेपाली सेनाले गर्ने सहायक रथी बस्नेतले जानकारी दिए । यसअघिका निर्वाचनहरूमा पनि यस्ता प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले गर्दै आएको थियो ।

“संवेदनशीलताको आधारमा सेनाले गस्ती गर्छ । निर्वाचन अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा तेस्रो घेरामा रहेर सेनाले ड्युटी गर्छ,” :सहायक रथी बस्नेत

प्रकाशित मिति:
बुधबार, माघ २१, २०८२
०८:४५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्