NL न्यूज
काठमाडौं । आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ७ विकेटले हराएको छ ।
चेन्नईमा गएराति सम्पन्न खेलमा युएईले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले शानदार ब्याटिङ गर्दै १ सय ३ रनको अविजित साझेदारी गरे ।
आरिफ शेखले ३७ बलमा ६१ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३१ बलमा अर्धशतक (५० रन) पूरा गरे । कप्तान रोहित पौडेल १६ रनमा रनआउट भए भने ओपनर आसिफ शेख र अर्का ओपनर कुशल भुर्तेलले समान ८–८ रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । युएईका एस खानले ३८ रन र एच कौसिकले ३५ रनको योगदान दिए ।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए ।
नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति:
बुधबार, माघ २१, २०८२
०८:१९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्