Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राष्ट्रपति पौडेललाई जापान सरकारले दियो गार्ड अफ अनर

टोकियो (जापान) । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई आज टोकियोमा गार्ड अफ अनर प्रदान गरिएको छ। जापान सरकारको तर्फबाट राष्ट्रपति पौडेललाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरिएको हो।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार टोकियो आइपुगेका हुन्। उहाँ नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन जापान भ्रमणमा रहनुभएको छ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले आजै जापानका सम्राट नारुहितो तथा प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग शिष्टाचार भेट गर्नुभएको छ। ती भेटघाटमा द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी समझदारीका विषयमा विचार आदान–प्रदान भएको बताइएको छ।

चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति पौडेलले विभिन्न उच्चस्तरीय कार्यक्रमहरूमा सहभागिता जनाउँदै नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार