Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रविको आह्वान: ‘मेरो नाम इतिहासमा रहोस् वा मेटियोस्, देश बदलिनुपर्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वास्थ्य समस्याका कारण केही दिन अस्पतालमा बिताएपछि सार्वजनिक जीवनमा फर्कँदै भावनात्मक र संकल्पयुक्त सन्देश दिएका छन्। सामाजिक सञ्जालमा लेखिएको लामो स्टाटसमा उनले व्यक्तिगत भविष्यभन्दा देशको भविष्यलाई प्राथमिकतामा राखेको बताएका छन्।

सामान्य चोटलाई बेवास्ता गर्दा संक्रमण भई अस्पताल बस्नुपरेको अनुभव सुनाउँदै रविले अब देश परिवर्तनको ऐतिहासिक क्षण नजिकिएको उल्लेख गरेका छन्। “अब जे हुनेछ, त्यो घटना होइन इतिहास हुनेछ,” भन्दै उनले परिवर्तनको इतिहास नेपाली जनताले आफ्नै मतपत्रबाट लेख्ने विश्वास व्यक्त गरेका छन्।

रविले आफू सिंहदरबार जान होइन, बदल्न माग्दै राजनीतिमा रहेको बताएका छन्। देश वर्षौंअघिदेखि रोपिएको अस्थिरताको जराबाटै उखेल्न नसकेसम्म कुनै परिवर्तन सम्भव नहुने उनको भनाइ छ।

आफ्नो नाम इतिहासको कुन पानामा लेखिन्छ भन्ने चिन्ता नरहेको बताउँदै रविले देशका सन्ततिमाथि अन्याय गर्नेहरूविरुद्ध अन्तिम क्रान्तिको घण्टी बजिसकेको दाबी गरेका छन्। “अब अन्तिम पर्दा उठ्न बाँकी छ,” भन्दै उनले जनतालाई निर्णायक भूमिकामा उभिन आग्रह गरेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार