Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रवि लामिछाने भन्छन् ‘सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्ने लक्ष्य लिएको छु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को निर्वाचनलाई केन्द्रमा राख्दै आफ्नो राजनीतिक दृष्टिकोण र अभियानको स्पष्ट खाका सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा लेखिएको विस्तृत स्टाटसमा उनले सिंहदरबार पुग्ने होइन, सिंहदरबार बदल्ने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।

रविले कुशासनको केन्द्र बनेको सिंहदरबारबाटै ‘निलो क्रान्ति’ सुरु गर्न स्पष्ट जनम्यान्डेट आवश्यक रहेको उल्लेख गरेका छन्। एकाध सडक, भवन र पुलका तस्वीर बेचेर गरिने ‘कस्मेटिक सुधार’ मा आफ्नो रुचि नरहेको भन्दै उनले राज्यका हरेक धमनीमा भरिएको विष निकाल्न मतपत्रमार्फत जनतासँग समर्थन मागेका छन्।

उनले आफूलाई लोकप्रियतावादी, भिजनहीन भनेर आलोचना गर्नेहरूलाई लक्षित गर्दै रास्वपाका नीति, सिद्धान्त र दस्तावेज पढ्न चुनौती दिएका छन्। “राजनीतिलाई जटिल शब्दले होइन, परिणामले मूल्यांकन गरिनुपर्छ,” भन्दै रविले लोकतन्त्र जोगाउने जिम्मेवारी अन्ततः जनताकै हातमा रहेको बताएका छन्।

फागुन २१ पछि आउने संसद नयाँ सोच, नयाँ अनुहार र नयाँ प्रतिपक्षसहित गठन हुनुपर्ने उनको धारणा छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार