Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

लामो मौनता तोड्दै रवि लामिछानेको आक्रमक चेतावनी: ‘देश अन्तिम सुनामीको तयारीमा छ’

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केही दिनदेखिको मौनता तोड्दै आक्रमक राजनीतिक सन्देश सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै उनले देश ‘अन्तिम सुनामीको तयारीमा’ रहेको दाबी गर्दै अन्य राजनीतिक शक्तिहरूलाई खुला चुनौती दिएका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई सामान्य चुनाव नभई ऐतिहासिक मोडको रूपमा चित्रण गर्दै रविले चुनावपछि देशमा प्रतिपक्षसमेत नयाँ हुनुपर्ने बताएका छन्। उनले जनविद्रोहले फालेको पुरानो संसद कुनै हालतमा पुनर्स्थापना हुन नदिने स्पष्ट अडान दोहोर्‍याएका छन्।
‘जो–जो मिल्नु छ, खुला वा गोप्य जसरी मिल्नुपर्ने हो मिल,’ भन्दै रविले सबै राजनीतिक शक्तिलाई अन्तिम शक्ति प्रयोग गरेर आफूहरूको अभियान रोक्न चुनौती दिएका छन्। तर, मत परिणाम स्वीकार्ने भए पनि षड्यन्त्रपूर्ण ढंगले पुरानो संसद फर्काउने कुनै प्रयास स्वीकार्य नहुने उनको चेतावनी छ।

रविले आफू केही दिन स्वास्थ्य समस्याका कारण सार्वजनिक गतिविधिबाट टाढा रहेको उल्लेख गर्दै अब पूर्ण रूपमा राजनीतिक मैदानमा फर्किएको बताएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार