NL न्यूज
जापान । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच टोकियोस्थित इम्पेरियल प्यालेसमा आज शीष्टाचार भेटघाट भएको छ। जापानको चारदिने औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसर पारेर भेटवार्ता भएको हो।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार टोकियो पुगेका थिए । भ्रमणकै क्रममा आयोजना गरिएको विशेष समारोहमा सहभागी भएका राष्ट्रपति पौडेलले सम्राट नारुहितोसँग द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी समझदारीका विषयमा विचार आदान–प्रदान गरेका हुन् ।
भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले खेलेको भूमिकाको खुलेर प्रशंसा गरे । मानव संशाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र सांस्कृतिक जगेर्नाजस्ता क्षेत्रमा जापानको सहयोगले नेपाल र नेपाली जनताले ठोस लाभ लिएको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले गौतम बुद्धको शिक्षा र दर्शनले नेपाल र जापानलाई आध्यात्मिक रूपमा जोडेको उल्लेख गर्दै बुद्धको जन्मस्थल लुम्बिनीले दुई देशका जनताबीच सम्बन्ध सुदृढ गर्न सेतुको काम गरेको बताए ।
नेपाल–जापानबीचको सम्बन्ध इतिहास, संस्कृति र आपसी सहयोगमा आधारित रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले कूटनीतिक सम्बन्ध स्थापना भएयता मित्रता अझ गहिरिँदै गएको धारणा राखे । उनका अनुसार यस वर्ष मनाइँदै आएको ७०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हो।
उच्चस्तरीय भ्रमणको निरन्तरताले सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सन् १९८७ मा राजकुमारका रूपमा सम्राट नारुहितोले काठमाडौं, भक्तपुर, पोखरा र लुम्बिनी भ्रमण गरेको स्मरण गरे । साथै, सन् २०२० मा आफूलाई ‘ग्राण्ड कर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गरिएकोप्रति जापान सरकार र सम्राटप्रति आभार व्यक्त गरे ।
राष्ट्रपति पौडेलले नेपाल सरकार र जनताको तर्फबाट जापानको दीर्घकालीन सहयोग र सद्भावनाका लागि धन्यवाद ज्ञापन गर्दै सम्राट नारुहितो र साम्राज्ञीलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा गरे ।
भेटका क्रममा सम्राट नारुहितोले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवलाई उत्साहपूर्वक मनाउनुपर्ने धारणा व्यक्त गरे । उनले सन् १९८६ मा गरेको नेपाल भ्रमणको स्मृति अझै ताजा रहेको उल्लेख गर्दै पोखराको सराङ्कोटमा पदयात्रा गर्दा महिलाहरूले पानीका लागि गाग्री बोकेको दृश्यले आफूलाई पानी र स्रोत व्यवस्थापनसम्बन्धी अध्ययनतर्फ प्रेरित गरेको प्रसंग पनि सुनाए ।
सम्राट नारुहितोले प्राकृतिक विपद्का बेला दुवै देशले एकअर्कालाई सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि जापानले नेपाललाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, नेपाल–जापान सम्बन्ध सुदृढ गर्न राष्ट्रपति पौडेलले पुर्याउनुभएको योगदानको कदरस्वरूप जापानले उहाँलाई सम्मान गरेको उल्लेख गरे ।

प्रकाशित मिति:
मंगलबार, माघ २०, २०८२
१७:०४
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्