Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेसको चुनावी मेसिन अन: सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि, कसलाई कहाँ जिम्मेवारी ?

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण र चुनावी तयारी तीव्र बनाएको छ। त्यसकै तयारीस्वरूप पार्टीले सातै प्रदेशका विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठित ‘निर्वाचन परिचालन समिति’ ले प्रदेश–प्रदेशमा पार्टीको वास्तविक अवस्था बुझ्ने, संगठनात्मक कमजोरी पहिचान गर्ने र आवश्यक समन्वय केन्द्रीय तहसम्म पुर्‍याउने उद्देश्यसहित नेताहरूलाई जिम्मेवारी दिएको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार खटाइएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित जिल्लामा संगठनको अवस्था मूल्याङ्कन गर्ने, स्थानीय नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने तथा चुनावी रणनीति प्रभावकारी बनाउन सुझाव संकलन गर्ने जिम्मेवारी पाएका छन्।

कोशी प्रदेश
कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापामा सहमहामन्त्री डा. डीला संग्रौलालाई केन्द्रीय प्रतिनिधि बनाइएको छ। उनीसँगै निवर्तमान सहमहामन्त्री भिष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा पनि खटिएका छन्। संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी जिम्मेवार छन्। यस्तै सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सिराहा र सप्तरीमा बसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जीलाई खटाइएको छ।

बागमती प्रदेश
धादिङ, रसुवा, नुवाकोट र काठमाडौंको जिम्मेवारी बहादुरसिंह लामाको नेतृत्वमा डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधानले पाएका छन्। काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याल खटिएका छन्। भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसीसहितको टोली परिचालन गरिएको छ।

गण्डकी प्रदेश
पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङमा चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेल जिम्मेवार छन्। स्याङ्जा, कास्की, मनाङ र नवलपुरमा ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेल खटिएका छन्। गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारीलाई जिम्मेवारी दिइएको छ।

लुम्बिनी प्रदेश
रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीमा डा. गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह खटिएका छन्। कपिलवस्तु, अर्घाखाँची, रुकुम पूर्व, प्यूठान र रोल्पामा कृष्णकिशोर घिमिरेसहितको टोली परिचालन गरिएको छ। दाङ, बाँके र बर्दियामा चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रंगमती शाहीले जिम्मेवारी सम्हालेका छन्।

सुदूरपश्चिम प्रदेश
कञ्चनपुर, बैतडी, दार्चुला र बझाङमा हिमबहादुर रावल, निपा चोख्पाल र विद्यादेवी तिमिल्सिना खटिएका छन्। कैलाली र डडेलधुरामा जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड जिम्मेवार छन्। डोटी, अछाम र बाजुरामा नरेन्द्र भट्ट, सम्झना खत्री र सुशिला मिश्र भट्टलाई केन्द्रीय प्रतिनिधि बनाइएको कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार