NL न्यूज
काठमाडौं । चिकित्सकले यात्रा नगर्न सुझाव दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकाे चितवनकाे यात्रा स्थगित गरिएको छ ।
खुट्टामा लागेको चोटमा देखिएकाे संक्रमण थप फैलिने जोखिम रहेको भन्दै चिकित्सकले यात्रा नगर्न आग्रह गरेको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार लामिछाने माघ ५ गते जनकपुर जाने क्रममा खुट्टा ठोक्किँदा निलो डाम परेको थियो। सोही चोटबाट संक्रमण देखिएपछि उनी केही समय अस्पतालमा उपचाररत थिए। अस्पतालबाट डिस्चार्ज भएपछि घरमै आराम गरिरहेका लामिछाने मंगलबार चितवन जाने तयारीमा थिए।
सचिवालयले लामिछानेको अन्य शारीरिक समस्या नरहेको स्पष्ट पारेको छ। खुट्टाको चोटका कारण मात्र उनी हाल बाहिर हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्। लामिछाने पछिल्लो एक सातादेखि पूर्ण आराममा रहेको सचिवालयको भनाइ छ।

प्रकाशित मिति:
मंगलबार, माघ २०, २०८२
१५:५५
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्