Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आचारसंहिता उल्लंघनबारे काठमाडौं महानगरलाई निर्वाचन आयोगको कडा पत्र

घरदैलो स्वास्थ्य सेवा चुनावी स्टन्ट कि नियमित कार्यक्रम ?

काठमाडौं । निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपछि काठमाडौं महानगरपालिकाले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई लक्षित गर्दै घरघरमा पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेपछि निर्वाचन आयोगले महानगरसँग स्पष्टीकरण मागेको छ।

आयोगले महानगरपालिकालाई पत्र लेख्दै उक्त कार्यक्रम निर्वाचन आचारसंहिताविपरीत हुन सक्ने आशंका व्यक्त गरेको हो। आयोगका अनुसार कार्यबाहक नगर प्रमुखले दिएको अभिव्यक्तिसम्बन्धी श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएपछि यस विषयमा औपचारिक रूपमा स्पष्टीकरण सोधिएको हो।

निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) अनुसार वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत नभएका नयाँ नीति, योजना वा कार्यक्रम घोषणा, स्वीकृत वा सञ्चालन गर्न नपाइने व्यवस्था छ। यद्यपि सरुवा रोगको महामारी वा कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिएर मात्र त्यस्ता कार्यक्रम सञ्चालन गर्न सकिने प्रावधान छ।

यसै सन्दर्भमा आयोगले महानगरपालिकालाई सुरु गरिएको भनिएको घरदैलो स्वास्थ्य सेवा कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएको हो वा होइन भन्ने स्पष्ट जवाफ मागेको छ।

आयोगले पत्रमार्फत उक्त कार्यक्रम यदि वार्षिक बजेट तथा कार्यक्रममा परेको भए त्यससम्बन्धी प्रमाणित कागजात दुई दिनभित्र आयोगमा पेश गर्न अनुरोध गरेको छ। सोमबार लेखिएको पत्रमा ‘निर्णयानुसार कागजातसहित जवाफ पठाउन’ महानगरपालिकालाई निर्देशन दिइएको उल्लेख छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार