NL न्यूज
काठमाडौं । फागुन २१ आम चुनाव ! तर, सबैले आ-आफ्नै तरिकाले नाम दिएका छन् । कसैले मध्यावधि त कसैले जलाउने र बनाउनेहरुको हिसाब-किताव गर्ने दिन पनि भन्दा रै'छन् । तर, कांग्रेसका लागि यो चुनाव रामायण बनेको छ ।
हो, रामायण । त्रेता युगमा राम १४ वर्षका लागि वनवास जान्छन् । अनि अयोध्याको सत्ता भरतले चलाउँछन्, कुर्सीमा रामको खराउ राखेर । अनि यो कुरा कसरी मिल्यो त ? पख्नुस न, यसपटक अयोध्या बनेको छ- काठमाडौं क्षेत्र नम्बर ४ । वनवास जाने रामचाहिँ गगन थापा । अनि भरत चाहिँ सचिन तिमल्सेना रे ! यो हामीले भनेको होइन स्वयं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार सचिनले भनेका हुन् ।
भनेपछि अब यो पटक चुनाव होइन घमासान रामायणको युद्ध हुनेभयो । काठमाडौं चार छोडेर गगन सर्लाही चार झर्दा सायद सचिनकै भनाइमा गगनको लागि रावण चाहिँ अमरेश होलान् । किनकी उही अमरेश गगनसँग यो पटक चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।
रामायणमा राम वनवास जानुको कारण थियो । तर यहाँ गगन किन सर्लाही झरे भन्ने प्रश्नको उत्तर अझै भेटिएको छैन । तर, अब यसलाई रामायणसँगै दाँज्ने हो भने काठमाडौं ४ सायद पार्टीभित्र असहयोग हुनसक्ने आशंका पनि होला । हिसाव-किताव नमिलेको पनि होला नी !
किनकी यहाँ कैकई र उनकी दासी मन्थरा जस्तै थुप्रै छन् । जो गगनसँग रिसले आगो छन् । हुन त आगो भएकाहरूमध्ये कतिपय त नतमस्तक भएर गगनले माघ ५ र ६ गते दिनभर बाँडेको प्रसाद लिएर आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवार मात्र बनेनन्, अहिले त गगनको पक्षमा खुलेर रामनाम जप्न थालिसके । तर पनि केही अझै पर्दा पछाडि छन् । जसको रिस शान्त भएको छैन । जसको अहम् घटेको छैन । जसलाई अझै पनि डर छ । त्यसैले त गगनतिर हेर्दै अहिले चुनावै हुन नदिन गनगन गर्न थालेका छन् ।
देश चुनावमा होमिसक्यो । चुनावै हुँदैन भन्ने दल नेकपा एमाले त भरमुर चुनावी प्रचारमा लागिरहेको छ । सुरक्षाको चिन्ता गर्दै चुनाव हुँदैन भन्ने एमालेले नै अहिले उम्मेदवार कस्ता कस्ता पठायौं भनेर गफ दिन थालेको छ । यतिसम्मकी ओलीले शनिबार त ओखलढुंगाका उम्मेदवार अस्मिता थापा विवाहित भएपनि बच्चा नपाएकाले उम्मेदवार बनाएको भन्न भ्याए ।
ओलीको बोली र पछिल्लो आरोप र जेनजीसँगको माफीले चुनाव हुने लख काटिसकेको छ । तर कांग्रेसका केही निर्वतमान सांसद भने अझै पनि सर्वोच्च अदालततिर हेर्दै छन् । यतिसम्मकी चुनावअघि नै यसबारेमा फैसला गर्नुपर्ने भनिरहेका छन् । किनभने उनीहरुलाई सांसद बनिरहने मोह छ ।
देशै चुनावमा होमिसक्दा अझै पनि संसद पुनर्स्थापनाको रटान लगाउन त कि चुनावमा टिकट नपाएको हुनुपर्यो या त कैकईलाई उचाल्ने दासी मन्थरा जस्तै कसैले उक्साएको हुनुपर्यो ।
हुन त अहिले कांग्रेसका केही नेताहरूको काम चुनावी प्रचारमा भन्दा यतातिर नै बढी ध्यान होला । नत्र कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का कता हराए ? कृष्णप्रसाद सिटौला कता हराए ? उनी त अहिले सायद राष्ट्रियसभा चलिरहेकाले त्यता ब्यस्त होलान् । र पनि आफ्नै निर्वाचन क्षेत्रमा पनि आफ्नो पार्टीको तर्फका उम्मेदवारलाई धाप मार्न समेत गएका छैनन् । प्रकाशमान सिंहले त यो पटक टिकट पनि पाएनन् । उनी पनि अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । यो पटक टिकट नपाउनेमा शशांक कोइराला पनि छन् । उनी पनि कतै देखिएका छैनन् ।
अझ सबैभन्दा महत्वपूर्ण पात्र पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाले त टिकट नै पाएनन् । यि सबैभित्र कति आक्रोश होला । अनि यही आक्रोशले बेला बेला कपनलाई डुबाउने खहरे जस्तै डुबाउला भन्ने डर गगनलाई परेरै हुन सक्छ सायद उनी सर्लाही झरेका । हुन त उनी सहजै जित्ने क्षेत्र छोडेर मधेश झरेकोलाई यो पटक रिक्स लिएको बताइरहेका छन् ।
तर रिक्स हो कि फिक्स समयले बताउला । तर काठमाडौं क्षेत्र नम्बर ४ मा भरतलाई भने अझै सहज देखिँदैन । पार्टीभित्रको आन्तरिक किचलो लगत्तै उम्मेदवारी दर्ता । फेरि गगनले क्षेत्र छोड्दा जो उठाएपनि एउटै पार्टीका लाई एउटै चिन्हमा भोट दिनैपर्ला भन्ने मानसिकता अहिले मतदातामा हराएको छ ।
काठमाडौं ४ मा चुनाव लड्दै हार्दै गरेका एमालेका राजन भट्टराईबाहेक रास्वपाका पुकार बम, नेकपाबाट इन्द्रकुमार भुसाल, राप्रपाबाट सुरेन्द्र भण्डारीसहित नयाँ उम्मेदवारहरु पनि जबरजस्त मैदानमा उत्रिएकै छन् । यीनका बीच यो क्षेत्रमा कांग्रेस उम्मेदवारलाई ज्ञानेश्वरभन्दा बाहिर खासगरी कपन क्षेत्रमा चिनाउनुपर्ने देखिन्छ । रास्वपाको संगठन नभएकाले उसले अरु दलको स्वीङ हुने मत पाउने देखिन्छ । पछिल्लो चुनाव हारेपछि निर्वाचन क्षेत्रमा नफर्किएको भनेर रिसाएका मतदाता एमाले उम्मेदवार भट्टराईलाई भारी पर्ने देखिन्छ । संगठन कमजोर भएकाले नेकपाका उम्मेदवारको गतिविधिमा उल्लास देखिँदैन । तर एमालेकै बुझाइमा जनघनत्व बढी रहेको बुढानीलकण्ठ नगरपालिकाको १० नम्बर वडा (कपन) मा पनि रास्वपा बलियो छ । रास्वपाका उम्मेदवार पुकार बम पपुलर फेस रहेकाले चुनावमा कांग्रेससरह टक्कर दिने बुझाइ एमाले कार्यकर्तामा छ ।
दावी आआफ्नै छ ।
कांग्रेसको नजरमा रास्वपाका बूढानीलकण्ठ नगरपालिका ४, ८, ९, १० वडामा बलियो छ । त्यस्तै, एमाले १० र १३ वडामा बलियो छ । त्यस्तै, कांग्रेस कार्यकर्ताको बुझाइमा काठमाडौं महानगरका ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिका समग्रमा बहुसंख्यक क्षेत्रमा कांग्रेसको प्रभाव छ । उनीहरूको अनुसार वडा नम्बर १ मा भने राप्रपा र एमालेको प्रतिस्पर्धा छ ।
विवेकशील साझादेखिको राजनीति गरेको र गगन थापा नहुँदा बमलाई जित्छु भन्ने आत्मविश्वास बढेको छ । उनीहरूका अनुसार गगन थापा उम्मेदवार बनेको खण्डमा काठमाडौं ४ मा भट्टराईले छोडेर बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर उद्धव खरेललाई उठाउने तयारी गरेका थिए । तर, गगन सर्लाही ४ जाने भएपछि मात्र भट्टराई काठमाडौं ४ को टिकट लिन आएका हुन् । यो बीचमा भट्टराई हराएका थिए र अहिले एउटा चुनावदेखि अर्को चुनावसम्म आएका हुन् ।
तर पुकार बमलाई अहिले हार्वर्ड काण्डले पिरोल्नु पिरोलेको छ । बममाथि अमरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्न जाने भनेर उठाएको चन्दाको सदुपयोग वा दुरुपयोग के भएको त्यसको बारेमा जवाफ मागिएको छ ।
सामाजिक संजालमा ईश्वर अर्यालले बमसँग हावर्ड युनिभर्सिटीमा अध्ययन गर्नका लागि भनेर बमले २०८१ चैतमा सामाजिक संजालमा क्यूआर कोड राखी अपिल गरी उठाएको चन्दा रकमबारे जवाफ मागेका छन् । बमले १० महिनाअघि हार्वर्ड विश्वविद्यालयमा अध्ययनका लागि क्यूआरमार्फत् अपिल गरी चन्दा मागेको तर उनी पढ्न गए कि गएनन् ? त्यो उठाइएको चन्दा रकम बमले के गरे ? उठेको पैसा कुनै बार वा क्लवमा पो निवेश गरे कि भनेर अर्यालले प्रश्न गरेका छन् ।
अर्यालका प्रश्न छन्–‘हार्वर्डमा पढ्न गएको भए, उनले के कस्तो अध्ययन गरेर आए ? त्यसबारे न सामाजिक संजालमार्फत् नै जानकारी दिइयो, न कुनै अन्य माध्यमबाट । आम सर्वसाधारणसँग झुट बोलेर पैसो उठाउने, खाने, डकार्ने, अनि गजक्क परेर लाजै पचाएर हिँड्न त नहुने ? जनतासँग उठाइएको रकममा पित्कोबराबर पनि उत्तरदायी हुन नसक्ने बमले संसद गएर गर्ने के हो ?’

फागुन २१ काठमाडौं ४ का लागि केवल सांसद को बन्छ भन्ने दिन होइन । त्यो दिन कांग्रेसले भरत खोजिरहेको हो कि अझै पनि रामकै प्रतीक्षामा छ भन्ने फैसला हुनेछ । मतपेटिकाबाट निस्किने मतले सचिन तिमल्सेनालाई सांसद मात्र बनाउँदैन, गगन थापाको राजनीतिक भविष्यको दिशा पनि कोर्छ । त्यसैले यो चुनाव सचिनको मात्र होइन, यो गगनको जनमत संग्रह हो । र काठमाडौं ४ — यसपालि अयोध्या होइन, रणभूमि हो ।

प्रकाशित मिति:
मंगलबार, माघ २०, २०८२
१५:१८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्