Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

भारत–अमेरिकाबीच व्यापार सम्झौता भएको ट्रम्पको घोषणा,भन्सार दर घटाइयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको टेलिफोन वार्तापछि भारत र अमेरिकाबीच व्यापार सम्झौता भएको घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री मोदीसँगको मित्रता र सम्मानका कारण उहाँकै अनुरोधमा सम्झौता भएको बताएका छन्। उनका अनुसार सम्झौता तुरुन्तै कार्यान्वयनमा आउने छ। यसअन्तर्गत अमेरिकाले भारतमाथि लगाउँदै आएको पारस्परिक भन्सार दर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशत कायम गरिएको छ।

ट्रम्पका अनुसार भारतले रुसी तेल खरिद बन्द गर्ने सहमति जनाएको छ। सम्झौताअनुसार भारतले अमेरिकी सामानमा लाग्ने आयात कर शून्यमा झार्ने र अमेरिकाबाट ५०० अर्ब डलर बराबरको ऊर्जा, प्रविधि र कृषि उत्पादन खरिद गर्ने सहमति भएको उनको भनाइ छ।

तेल खरिदसम्बन्धी थप विवरण नदिई ट्रम्पले भारतले अब अमेरिका र भेनेजुएलाबाट तेल खरिद गर्ने बताएका छन्।

भारत सरकारले यसबारे हालसम्म औपचारिक विज्ञप्ति सार्वजनिक नगरे पनि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत भन्सार दर कटौतीको स्वागत गरेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार