NL न्यूज
बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र ट्याक्टर एकआपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् ।
मंगलबार बिहान भएको दुर्घटनामा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू घाइते भएका हुन् । नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८६७५ नम्बरको स्कुल बस र लु३त ३५३० नम्बरको ट्याक्टर ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइतेमध्ये १३ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ भने ४ जना सामान्य उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन्।
प्रहरीका अनुसार बिहानपख लागेको बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
बस र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्