Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मुख्यमन्त्रीलाई धम्की दिएपछि बाजुराका रास्वपा उम्मेदवार हेमराज थापालाई स्पष्टीकरण

काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन र ठेक्कापट्टाको विषयलाई लिएर गरिएका अमर्यादित तथा धम्कीपूर्ण अभिव्यक्तिमाथि निगरानी कडा बनाएको छ। सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाजुराका उम्मेदवार हेमराज थापालाई स्पष्टीकरण सोधिएको छ।

आयोगका अनुसार बाजुरामा ‘पिएस बानियाँ जेभी’ ले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनालाई जोडेर थापाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए। उक्त सडक आयोजनाका लागि एक अर्ब ५७ करोड ७५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो भने ८८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

मुख्यमन्त्री कार्यालयमै पुगेर धम्की दिएको तथा सामाजिक सञ्जालमा समेत अपशब्द प्रयोग गरिएको उजुरी परेपछि आयोगले थापासँग २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ र २५ बमोजिम थापालाई कारबाही किन नगर्ने भन्ने विषयमा स्पष्टीकरण माग गरिएको हो। ‘मुख्यमन्त्रीका सम्बन्धमा अपमानजनक र धम्कीपूर्ण अभिव्यक्ति दिनुभएको हो वा होइन?’ साथै उजुरीमा उल्लेख भएअनुसार आर्थिक स्रोत सङ्कलन गर्दा आचारसंहिता पालना गरिएको थियो वा थिएन भन्ने विषयमा पनि आयोगले स्पष्ट जवाफ मागेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार