NL न्यूज
सल्यान – सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार दिउँसो श्रीनगरबाट खलंगातर्फ जाँदै गरेको रा.१ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको हो।
दुर्घटनाका बेला अटोमा चालकसहित ११ जना सवार थिए। घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति:
सोमबार, माघ १९, २०८२
१६:०७
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्