Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

उम्मेदवारी दिएका अधिकांश क्षेत्रमा जित्ने कुलमानको दाबी, 'झापा-५ मा जिताउने जिम्मा जनताको'

सिमरा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले उम्मेदवारी दिएका अधिकांश निर्वाचन क्षेत्रमा जित निकाल्ने दाबी गरेका छन् । 

सिमरामा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिसिङले काठमाडौं आसपासका निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारले जित्ने र अन्य क्षेत्रमा पनि पार्टी कडा प्रतिस्पर्धामा उत्रिने जिकिर गरे । “हामीले १२१ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ,” उनले भने, “धेरै सिट जित्छौँ र जहाँ जित हुँदैन, त्यहाँ पनि कडा प्रतिस्पर्धामा रहन्छौँ।”

अध्यक्ष घिसिङले जेन–जी आन्दोलनका माग र जनताको चाहनाअनुसार सबै त्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहमति गरेको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको स्मरण गरे ।  झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहको जितको सम्भावनाबारे सोधिएको प्रश्नमा अध्यक्ष घिसिङले जनताको निर्णयलाई नै अन्तिम माने। “त्यहाँ हाम्रो पनि उम्मेदवारी छ,” उनले भने, “अब निर्णय गर्ने जनताले नै हुन्। जनताले जे निर्णय गर्छन्, त्यही हुन्छ।”

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार