NL न्यूज
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर पद छाडेको खुलासा गरेकी छन् ।
सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले पुनले प्रस्ताव गरेका केही कानुन समयमै बनाउन नसक्दा उनी असन्तुष्ट भएर बाहिरिएको बताइन् । “जहाँसम्म पुनजीको कुरा छ, उहाँ त रिसाएरै जानुभएको हो,” प्रधानमन्त्री कार्कीले भनिन्, “उहाँले दुई–चार वटा कानुन बनाउन आग्रह गर्नुभएको थियो। ती कानुन राम्रै थिए। तर हामीले छोटो समयमा कानुन बनाएर सहयोग गर्न सकेनौं। अनेक परिस्थिति हुन्छन्, सबै कुरा सम्भव हुँदैन।”
प्रधानमन्त्री कार्कीले यस्ता विषयलाई व्यक्तिको अधिकारका रूपमा बुझ्नुपर्ने पनि उल्लेख गरिन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर आगामी निर्वाचनमा होमिएका छन्।

प्रकाशित मिति:
सोमबार, माघ १९, २०८२
१५:२२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्