Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रधानमन्त्री भन्छिन् ‘जननिर्वाचित सरकारलाई सत्ता सुम्पन आतुर छु’ (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन् । राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जननिर्वाचित सरकारलाई सत्ता सुम्पन आफू आतुर रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले आफू रहर वा पदको लोभमा प्रधानमन्त्री नभएको स्पष्ट गर्दै विषम परिस्थितिमा देश र संविधान जोगाउन जिम्मेवारी लिनुपरेको बताइन् । “म कुनै शासकीय आकांक्षा बोकेर प्रधानमन्त्री बनेकी होइन,” उहाँले भन्नुभयो, “बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्र्याकमा ल्याउन र देशलाई सङ्कटबाट जोगाउन विषम परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी लिएको हुँ।”

उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै उनले राज्यका स्रोतसाधन निर्वाचन केन्द्रित भएको जानकारी दिइन् । “आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेका छन् र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।”

प्रधानमन्त्री कार्कीले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सबै पक्षलाई आग्रह गर्दै आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्न आह्वान गरिन् । 

सम्बोधनको पूर्णपाठ

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार