NL न्यूज
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा सहभागी भएका आफ्ना क्याबिनेटका सदस्यहरूको विषयमा स्पष्टीकरण दिएकी छन् । सोमबार राष्ट्रिय सभालाई पहिलो पटक सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उक्त विषयमा प्रष्ट धारणा राखेकी हुन् ।
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्बाट कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता राजीनामा दिएर निर्वाचनमा होमिएका छन्। प्रधानमन्त्रीका अनुसार, उनीहरू मन्त्री नियुक्त हुनुअघि नै सक्रिय राजनीतिमा लाग्ने इच्छा व्यक्त गरिसकेका थिए। सोही समझदारीअनुसार आफूले उनीहरूलाई बिदा गरेर पठाएको उनको भनाइ छ।
“नजानेहरू बसे। हामीलाई थाहा थियो—यी व्यक्तिहरूलाई राजनीतिमा रुचि छ। जेन–जीको दबाबमा उनीहरू सरकारमा आएका हुन्, आए र गए। अहिले उनीहरूसँग कुनै सम्पर्क छैन,” प्रधानमन्त्री कार्कीले भनिन्, “उनीहरूले चिया खाएर मात्र काम गरेका हुन्।” प्रधानमन्त्री कार्कीले ती मन्त्रीहरूलाई दोष नलगाउन आग्रह गर्दै जिम्मेवारी आफूले लिने स्पष्ट संकेत गरिन् । “दोष दिनु छ भने मलाई दिनुस्, उनीहरूलाई होइन,” उनले भनिन्, “सरकार बनाउने बेला मैले नै भनेको थिएँ—जुन दिन जान चाहनुहुन्छ, त्यस दिन बिदाइ गरिन्छ। उनीहरूले बेइमानी गरे भन्ने आरोप निरर्थक छ।”
उनीहरूलाई मन्त्री बनाउन जेन–जी समूहको ठूलो दबाब रहेको पनि प्रधानमन्त्री कार्कीले खुलासा गरिन् । “उनीहरूको आफ्नै जीवन, उमेर र संस्कार छ,” उहाँले भन्नुभयो, “त्यतिबेला जेन–जीको दबाब थियो—उनीहरूलाई ल्याउनैपर्छ। उनीहरूको सर्त थियो—हामी चाहेको बेला बाहिरिन्छौं। मैले वचन दिएँ। आजसम्म मन्त्रिपरिषद्सँग उनीहरूको कुनै सम्पर्क छैन।”

प्रकाशित मिति:
सोमबार, माघ १९, २०८२
१५:०८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्