NL न्यूज
झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायत सामाजिक सञ्जालमा मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ ।
प्रशासनले एक सूचना जारी गर्दै केही अनलाइन सञ्चारमाध्यमले मतदातासँग दल, उम्मेदवार र चुनाव चिह्नबारे सोध्दै आचारसंहिता उल्लङ्घन गर्ने काम गरेको पाइएको बताउदै त्यस्तो कार्य निर्वाचन आचारसंहिताको उल्लंघन मानिने बताएको हो ।
सूचनामा अब उप्रान्त यस प्रकारका गतिविधि भए/गरेमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट उल्लेख गरिएको छ।

प्रकाशित मिति:
सोमबार, माघ १९, २०८२
१३:५०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्