Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका तीन कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी, र गोश्वारा हुलाक कार्यालय, पार्सल (निकासी) शाखाका नायब सुब्बा छविप्रसाद रिसाल रहेका छन्।

आयोगका अनुसार, उनीहरूलाई कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस माग्ने सूचना र उजुरीका आधारमा डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट नियन्त्रणमा लिइएको हो ।

आयोगले उनीहरुबाट स्रोत नखुलेको रकमसहित कुल २ लाख ६८ हजार २८८ रुपैयाँ र २३ थान मोबाइल सेट पनि बरामद गरेको जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, नियन्त्रणमा लिइएका तीनै जनामाथि अनुसन्धान जारी छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार