Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पूर्वमन्त्री जीतेन्द्रनारायण देवले छाडे एमाले

काठमाडौं ।  पूर्व मन्त्री जीतेन्द्रनारायण देवले नेकपा एमाले परित्याग गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै पार्टी छाडेको जानकारी दिएका हुन् ।

पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतर्फ लैजाने, साथै स्वेच्छाचारी र विभेदकारी ढंगले सञ्चालन गर्ने नीति तथा व्यवहारसँग असहमत भएपछि एमाले छाडेको विज्ञप्तीमा उल्लेख छ । 

सप्तरीका देव लामो समय एमालेमा संलग्न थिए । पछि विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरी संविधानसभा सदस्य भएका थिए । त्यसपछि उनी पर्यटन तथा संस्कृति मन्त्री समेत बनेका थिए।

फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि देव कांग्रेसमा पनि प्रवेश गरे र राष्ट्रियसभा सदस्य बनेका थिए ।

उनको राष्ट्रियसभा सदस्यको कार्यकाल २० फागुन २०८० मा सकिएपछि उनी १७ असार २०८१ मा एमालेमा फर्किएका थिए । 

Jitendra-Narayan-dev-Release-1770015306.png
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार