NL न्यूज
जापान । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी तथा व्यापारिक अवसरको खोजी गर्न आव्हान गरेका छन् । उनले नेपाल सरकारले वैदेशिक लगानीका लागि हरसम्भव सहयोग, सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे ।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजित जापानी व्यापारिक समुदायसँगको अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न इच्छुक रहेको स्पष्ट पारे । “लगानीमा आकर्षक प्रतिफल, नाफा र पूँजी फिर्ताका लागि सहज प्रक्रिया तथा स्थिर समष्टिगत आर्थिक वातावरण नेपालले सुनिश्चित गरेको छ,” राष्ट्रपति पौडेलले भने, “नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न कटिबद्ध छ।”
उनले नेपाल–जापान सम्बन्ध सद्भाव, मित्रता र सहयोगमा आधारित रहँदै आएको उल्लेख गर्दै कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव पारस्परिक लाभका क्षेत्रमा सहकार्य विस्तार गर्ने उपयुक्त अवसर भएको बताए । गौतमबुद्धको दर्शन दुवै देशलाई जोड्ने साझा सांस्कृतिक आधार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, “गौतमबुद्धले भनेका छन्—शान्तिको विजय त्यो हो, जसमा कसैको हार हुँदैन।”
नेपालमा निर्धक्कसँग लगानी गर्न आग्रह गर्दै उनले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गर्दा नेपाल समृद्ध हुने र लगानीकर्ताले पनि फाइदा लिन सक्ने बताए । “नेपालमा लगानी गरे धन पनि हुन्छ, धर्म पनि हुन्छ,” उनले भने ।
राजनीतिक स्थिरतासँगै नेपालको प्राथमिकता सामाजिक न्याय, सुशासन र जनताको समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने तथा सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य महत्वपूर्ण उपलब्धि भएको बताए ।
“यस अभियानका लागि ठूलो स्रोतसाधन आवश्यक छ,” उनले भने, “राष्ट्रिय प्राथमिकताका क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने, व्यापार विस्तार गर्ने, अन्तर–आवद्धता विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन र उच्चस्तरीय प्रविधि भित्र्याउनेतर्फ हामी केन्द्रित छौं।”
उदार आर्थिक नीतिअनुसार नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषि–आधारित उद्योगलगायत प्रायः सबै क्षेत्र विदेशी लगानीका लागि खुला गरेको राष्ट्रपति पौडेलले जानकारी दिए। लगानी बोर्डमार्फत एकद्वार सेवा उपलब्ध गराइएको र कानुनी तथा संस्थागत सुधार गरिएको उनको भनाइ थियो। “अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक तथा प्रमुख अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सीहरूले नेपाल दक्षिण एसियामै अनुकूल व्यावसायिक वातावरण भएका देशहरूमध्ये एक भएको पुष्टि गरेका छन्,” राष्ट्रपति पौडेलले भने।
कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत मन्तव्य दिएका थिए परराष्ट्र मन्त्रालयका सचिव अमृत राई र सहसचिव भृगु ढुंगानाले नेपालमा लगानीका सम्भावनाबारे प्रस्तुति दिएका थिए ।
जापानी व्यापारिक समुदायका सहभागीहरूले नेपालमा प्रशस्त लगानी अवसर रहेको जानकारी पाउँदा खुशी लागेको र यसले भविष्यमा लगानीको ढोका खोल्ने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित मिति:
सोमबार, माघ १९, २०८२
१२:२०
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्