Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, तोलामा १३ हजार ४०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यसअघि आइतबार सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी  तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो चाँदीको मूल्य तोलामा पाँच हजार ५०० रुपैयाँ थियो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार