Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

टी–२० विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णयप्रति आईसीसीको आपत्ति

काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आइसीसी पुरुष टी–२० विश्वकप २०२६ मा भारतविरुद्धको खेल नखेल्ने पाकिस्तानको निर्णयप्रति आपत्ति जनाएको छ।

पाकिस्तान सरकारले विश्वकपमा राष्ट्रिय टिमलाई सहभागी हुन अनुमति दिएको भए पनि भारतविरुद्ध फेब्रुअरी १५ मा तय भएको खेलमा मैदानमा नउत्रने निर्णय गरेको थियो।

आईसीसीका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट यसबारे औपचारिक जानकारी आउन बाँकी रहे पनि कुनै एक मात्र खेल नखेल्ने निर्णय विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको मूल भावना विपरीत हो। सबै छनोट भएका टोलीले निर्धारित तालिकाअनुसार समान सर्तमा प्रतिस्पर्धा गर्नुपर्ने आईसीसीको स्पष्ट धारणा छ।

आईसीसीले आफ्नो प्रतियोगिता खेलभावना, निष्पक्षता, प्रतिस्पर्धात्मकता र निरन्तरतामा आधारित हुने उल्लेख गर्दै छनोटमूलक सहभागिताले प्रतियोगिताको गरिमा र विश्वसनीयतालाई कमजोर बनाउने जनाएको छ।

सरकारहरूले राष्ट्रिय नीतिअनुसार निर्णय लिन पाउने अधिकारलाई सम्मान गरिए पनि यस्तो कदम विश्व क्रिकेट र पाकिस्तानका लाखौँ समर्थकहरूको हितमा नरहेको आईसीसीको ठहर छ। साथै, यसले पाकिस्तान क्रिकेटमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी पनि दिइएको छ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार