NL न्यूज
रसुवा । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा यसपटक ३ स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी मैदानमा छन्। यद्यपि फागुन २१ मा हुने निर्वाचनमा प्रतिस्पर्धा धेरै उम्मेदवारबीच देखिए पनि मुख्य लडाइँ भने फेरि पनि नेपाली कांग्रेस र नेकपा एमालेबीच नै सीमित हुने संकेत देखिन्छ। कांग्रेसले २०७४ र २०७९ का दुवै प्रतिनिधिसभा निर्वाचन जितेका नेता मोहन आचार्यलाई यसपटक पनि दोहोर्याएको छ। लगातार दुईपटक पराजित एमालेले भने बदला लिने दाउसहित प्रेमबहादुर तामाङलाई उम्मेदवार बनाएको छ। यसरी रसुवामा चुनाव निरन्तरता र बदलाको द्वन्द्वमा प्रवेश गरेको छ।
थप भिडियोमा हेर्नुहोस् ।
प्रकाशित मिति:
आइतबार, माघ १८, २०८२
२०:३८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्