NL न्यूज
पाल्पा । लुम्बिनी प्रदेशको पाल्पा क्षेत्र नम्बर १ ! चुनावी सरगर्मीले छपक्कै छोपेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ९ राजनीतिक दल र ४ स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस, एमाले, नेकपा, रास्वपा लगायत प्रमुख दलका उम्मेदवार तथा स्वतन्त्र छन् । यो निर्वाचन क्षेत्रमा ५२ मतदानस्थल र ११७ मतदान केन्द्र रहेका छन् । यसपटक ९८ हजार ३ सय ८३ मतदाता रहेका छन् । २०७९ को आम चुनावमा पाल्पा–१ मा ९६,०३३ मतदाता थिए यसपटक २,३५० जना मतदाता थपिएका छन् ।
को-को छन्, उम्मेदवार ?
• नेकपा एमाले – नारायणप्रसाद आचार्य
• नेपाली कांग्रेस – सन्दीप राना
• नेपाली कम्युनिष्ट पार्टी – हुमबहादुर सुनारी मगर
• राष्ट्रिय स्वतन्त्र पार्टी – विमल पन्त
• राप्रपा – बृहस्पति अर्याल
नेशनल रिपब्लिक नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लगायत दलका उम्मेदवार र ४ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यहाँ पनि नयाँ र पुराना दलबीच नै भिडन्त हुने देखिन्छ ।
२०७९ सालको चुनावमा प्रत्यक्ष र समानुपातिकमा कस्तो अवस्था थियो त ?
प्रत्यक्षतर्फ
• एमाले-नारायणप्रसाद आचार्य – ३१,१०३ मत (विजयी)
• कांग्रेस- ज्ञानबहादुर गाहा – २०,२५६ मत
• स्वतन्त्र – विपिन कंडेल – २,८६३ मत
• मंगोल नेशनल अर्गनाइजेशन – थमनबहादुर बुढा मगर – २,०४५ मत
अन्य दलले ५ सय मत पनि कटाउन सकेका थिएनन् । अब समानुपातिकतर्फ दलगत अवस्था कस्तो थियो त ? यहाँ कांग्रेस-माओवादी केन्द्रले गठबन्धन गरेर चुनावमा होमिएका थिए । यहाँ उम्मेदवारहरूको संयोजन धेरै भए पनि मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै रहँदा, एमालेले धेरै मत ल्याएर स्पष्ट जीत हासिल गरेको थियो ।
समानुपातिकतर्फको मत :
२०७९ को समानुपातिक मत – पाल्पा–१
• एमाले – २८,९१० मत
• कांग्रेस – १८,७५५ मत
• रास्वपा- ४,२८५ मत
• मंगोल नेसनल अर्गनाइजेशन – १,७९७ मत
• माओवादी केन्द्र – १,७६७ मत
अन्य साना दलहरुले थोरै प्रतिशत मत प्राप्त गरे । स्थानीय पालिकामा कुन दल वा स्वतन्त्र उम्मेदवारले प्रमुख उपप्रमुख जिते त ? यो निर्वाचन क्षेत्रमा तानसेन नगरपालिकाका वडा नम्बर ८ र रामपुर नगरपालिकाका सबै वडा पर्छन् । त्यस्तै पाँच गाउँपालिकामा पनि यही निर्वाचन क्षेत्रमा राखिएको छ ।
स्थानीय पालिकाको प्रमुख/उपप्रमुखमा कसको कति ?
प्रमुख
– एमाले – ५
– नेपाली कांग्रेस – १
उपप्रमुख
– एमाले – ४
– कांग्रेस – २
यो स्थानीय तहको परिणामले प्रतिनिधि सभा क्षेत्रको सामाजिक–राजनीतिक आधारलाई समृद्ध रूपले प्रतिबिम्बित गर्छ। कांग्रेस र एमाले दुवै प्रमुख दलले धेरै स्थानीय तहमा शीर्ष नेतृत्व नियन्त्रित गरेका छन् । यसपटक परिस्थिति बदलिएको छ । जेनजी आन्दोलनपछि पुराना दललाई हेर्ने दृष्टिकोणमा बद्लाव देखिन्छ । त्यसैले अहिले नै अवस्थाको आँकलन गर्न सकिदैन ।
पूरा भिडियोमा हेर्नुहोस् ।





प्रतिक्रिया दिनुहोस्