NL न्यूज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार जापानको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार राष्ट्रपति पौडेल माघ १८ गतेदेखि २१ गतेसम्म जापानमा रहनेछन्। जापान सरकारको निमन्त्रणामा हुन लागेको उक्त औपचारिक भ्रमणका क्रममा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ १८ गते राति नेपाल एयरलाइन्सको उडानबाट जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए।
भ्रमणका क्रममा माघ २० गते राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। सोही दिन जापानका प्रधानमन्त्री ताकाइची सानाएसँग पनि द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यसैगरी, माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारद्वारा आयोजना गरिने विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्। भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेट तय भएको छ।
राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग हुने अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउनेछन् भने जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने सम्मान समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
भ्रमणमा राष्ट्रपति पौडेलका साथ उनकी पत्नी सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी हुनेछन्। राष्ट्रपति पौडेल माघ २१ गते नेपाल एयरलाइन्सको उडानबाट स्वदेश फर्कने कार्यक्रम छ। यस भ्रमणलाई नेपाल–जापानबीचको दीर्घकालीन कूटनीतिक सम्बन्ध, विकास साझेदारी र आर्थिक सहकार्यलाई थप सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति:
शुक्रबार, माघ १६, २०८२
१५:४९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्