NL न्यूज
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेताहरूलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तुलना गर्दै तीव्र आलोचना गरेका छन्। राष्ट्रिय युवा सङ्घको एक कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले अन्तर्राष्ट्रिय राजनीति र नेपालभित्र देखिएको राजनीतिक गतिविधिलाई जोड्दै विवादास्पद टिप्पणी गरेका हुन्।
बस्नेतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई ‘जोकर’ भन्न थालेको उल्लेख गर्दै नेपालमा पनि त्यस्तै प्रवृत्ति देखिएको दाबी गरे।
‘आज नेपालमा सिंगापटार गरिरहेका जेलेन्स्कीहरू डबल अवतारमा लम्कीतिर घुमिरहेका छन्,’ उनले भने, ‘विदेशीको स्वार्थ पूरा भइसकेपछि उनीहरूलाई पनि भनिन्छ—तिमी नेता होइन, जोकर हौ। राष्ट्र बेच्न तयार भएका जोकरहरूलाई युवा पुस्ताले चिन्नुपर्छ।’
उनले पश्चिमा मुलुकहरूले नेपाललाई युद्ध मैदान बनाउने र रकेट लञ्च गर्ने भूमिकामा प्रयोग गर्ने षड्यन्त्र गरिरहेको आरोप समेत लगाए। यस्तो भूराजनीतिक खेलमा नेपाललाई मोहरा बनाउन खोजिएको भन्दै उनले त्यसप्रति सचेत रहन आग्रह गरे।
बस्नेतले हालै रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता नलिने फैसलापछि अदालतमा भएको घटनालाई पनि जोडेर टिप्पणी गरे। अदालत जलेको तर न्याय नजलेको भन्दै उनले ‘संस्थामाथि आक्रमण भए पनि न्याय प्रणाली जीवित छ भन्ने प्रमाणित भएको’ दाबी गरे।

प्रकाशित मिति:
शुक्रबार, माघ १६, २०८२
१५:१३
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्