Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

झापा–५ मा एमाले सुरक्षित छ, कुनै जोखिम छैन: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन जित्ने दाबी गरेका छन्।

प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमा केही भ्रम फैलाउने प्रयास भए पनि त्यसले निर्णायक असर नपार्ने जिकिर गरे। उनले झापा–५ मा एमाले सुरक्षित अवस्थामा रहेको दाबी गरे।

उनले भने, ‘झापाका जनताले पपुलिजम र एनार्किजममा परेर नतिजा तलमाथि गर्छन् भन्ने मान्यता एमालेको छैन। सामाजिक सञ्जालमा फैलाइने हल्लाखल्लाले केही सामान्य प्रभाव पारेको देखिए पनि समग्र अवस्थालाई हेर्दा हामी सुरक्षित अवस्थामा छौँ। कुनै जोखिमको अवस्था छैन भन्ने हाम्रो विश्लेषण छ।’

झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा रहेका छन्। 

यस्तै, महासचिव पोखरेलले दाङ क्षेत्रबाट आफू पनि निर्वाचन जित्ने दाबी गरेका छन्। अघिल्लो निर्वाचनमा गठबन्धनका कारण सामान्य मतान्तरले पराजय भोग्नुपरेको उल्लेख गर्दै यसपटक भने जनमत आफ्नो पक्षमा रहेको उनले बताए।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार