Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुनचाँदीको मूल्यमा व्यापक गिरावट, सुन तोलामा २० हजार ५ सयले घट्यो

काठमाडौं ।  लगातार नयाँ कीर्तिमान बनाउँदै आएको सुनचाँदीको मूल्यमा आज एकैदिन व्यापक गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा झरेको छ । हिजो मात्रै सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।

हिजो जति बढेको थियो, आज ठ्याक्कै त्यति नै रकमले सुनको मूल्य घटेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ । चाँदीको भाउ तोलामा ४ सय ४० रुपैयाँले घटेर ७ हजार ६५ रुपैयाँमा झरेको छ । हिजो चाँदीको मूल्य ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार