NL न्यूज
काठमाडौं । विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड HONOR ले काठमाडौँको सिटी सेन्टरमा आफ्नो नयाँ आधिकारिक शोरुम स्थापना गरेको छ । यससँगै नेपालमा HONOR को खुद्रा विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको कम्पनीले जनाएको छ।
उद्घाटन कार्यक्रममा चर्चित व्यक्तित्वहरू अनूप विक्रम शाही र हेमन्त भण्डारीको उपस्थिति रहेको थियो। कार्यक्रममा उनीहरूले नाटकीय शैलीमा हथौडाको प्रहार गर्दै बरफ (आइस ब्लक) फुटाएर HONOR को नयाँ स्मार्टफोन सार्वजनिक गरेका थिए । उक्त ‘आइस–ब्रेकिङ रिभिल’ ले डिभाइसको मजबुती र टिकाउपनलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको थियो ।
सिटी सेन्टरमा सञ्चालनमा आएको नयाँ HONOR शोरुमबाट ग्राहकहरूले HONOR का विभिन्न स्मार्टफोन, एक्सेसरिज तथा अन्य स्मार्ट डिभाइसहरूको प्रत्यक्ष तथा अन्तरक्रियात्मक अनुभव लिन सक्नेछन्। प्रिमियम खुद्रा अनुभवलाई केन्द्रमा राखी डिजाइन गरिएको शोरुममार्फत ग्राहकहरूले HONOR का अत्याधुनिक प्रविधि र नवीन फिचरहरू नजिकबाट अवलोकन गर्न सक्नेछन्।
यो शाखा स्थापनासँगै नेपालमा आफ्नो खुद्रा उपस्थितिलाई थप विस्तार गर्दै गुणस्तरीय, नवीन र भरपर्दो प्रविधि नेपाली उपभोक्तासमक्ष पुर्याउने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्