NL न्यूज
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।
शहीद दिवसका अवसरमा शुक्रबार जारी गरेको शुभकामना सन्देशमा उनले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायपूर्ण समाजका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले सन्देशमा भनेकी छन्, ‘उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ। अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्।’
उनले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त वीर योद्धाहरूलाई समेत नमन गरेकी छन्।
सन्देशमा प्रधानमन्त्री कार्कीले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकले सधैं स्मरणमा राख्नुपर्नेमा जोड दिएकी छन्।

प्रकाशित मिति:
शुक्रबार, माघ १६, २०८२
०९:५६
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्