Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

खेलकुद विशेष डिजिटल प्लेटफर्म ‘STYX NEPAL’ सञ्चालनमा, टि–२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । नेपालकै पहिलो खेलकुद विशेष डिजिटल प्लेटफर्म (OTT) ‘STYX NEPAL’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

नेपाली खेलप्रेमीलाई लक्षित गरी उच्च गुणस्तरको खेलकुद सामग्री तथा प्रत्यक्ष प्रसारण उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको यस प्लेटफर्ममार्फत अब टि–२० क्रिकेट विश्वकपका सबै खेलहरू नेपालभर प्रत्यक्ष प्रसारण गरिने भएको छ।

STYX NEPAL ले जारी गरेको जानकारीअनुसार माघ २४ गते (फेब्रुअरी ७) बाट सुरु हुने टि–२० विश्वकपका सम्पूर्ण खेल नेपाली दर्शकहरूले मोबाइल, ट्याब्लेट तथा अन्य स्मार्ट डिभाइसबाट प्रत्यक्ष हेर्न सक्नेछन्।

प्लेटफर्मका प्रबन्ध निर्देशक शिशिर पछाईका अनुसार STYX NEPAL नेपाली खेलकुद क्षेत्रमा डिजिटल क्रान्ति ल्याउने उद्देश्यका साथ सुरु गरिएको हो। उनले भने, “टि–२० विश्वकप जस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाली खेलप्रेमीको सहज पहुँचमा पुर्‍याउन पाउनु हाम्रो लागि गर्वको विषय हो। ईसेवा जस्ता सरल भुक्तानी माध्यम प्रयोग गर्दा दर्शकलाई अझ सहज हुने विश्वास लिएका छौँ।”

STYX NEPAL नेपालकै पहिलो खेलकुद केन्द्रित OTT प्लेटफर्म भएको दाबी गरिएको छ। यसमा प्रत्यक्ष खेल प्रसारणसँगै प्रयोगकर्तामैत्री एप, सुरक्षित तथा सहज डिजिटल भुक्तानीको सुविधा उपलब्ध हुनेछ। दर्शकहरूले ईसेवा मार्फत सजिलै शुल्क भुक्तानी गर्न सक्नेछन्।

एन्ड्रोइड र आईओएस (iOS) दुवै प्लेटफर्मका लागि उपलब्ध एप आजै डाउनलोड गरी प्रयोग गर्न सकिने STYX NEPAL ले जनाएको छ।
STYX NEPAL ले माघ २४ बाट सुरु हुने टि–२० विश्वकपको प्रत्यक्ष प्रसारणमार्फत नेपाली खेलप्रेमीलाई घरमै तथा यात्रा गर्दागर्दै पनि विश्वस्तरीय क्रिकेटको अनुभव दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार