Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना यात्रु घाइते

चितवन । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार लुम्बिनी प्रदेश ०२–००१ ख ४६० नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा अनियन्त्रित भई पल्टिएको हो ।

घाइतेमध्ये १५ जनाको भरतपुरस्थित मौलाकालिका अस्पताल, १३ जनाको पुरानो मेडिकल कलेज, ४ जनाको चितवन मेडिकल कलेज र ६ जनाको मुग्लिनस्थित जनता केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार