NL न्यूज
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा. डा. संगीता सिंह भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार तत्कालीन उपकुलपति भण्डारी, कायममुकायम रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थीसहितका व्यक्तिहरूको आपसी मिलेमतोमा अस्पतालका लागि ‘सिटी स्क्यान’ खरिद गर्दा सात करोड ३१ लाख ८२ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी गरिएको छ। आयोगले बिहीबार (माघ १५) विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अभियोगपत्रमा रेडियोलोजी विभागका प्रमुख डा. बोम बी.सी., बायोमेडिकल इन्जिनियर शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, लेक्चरर डा. श्रीसिया पोखरेल, शाखा अधिकृतहरू झन्कार लामिछाने, लीला कुमारी देवकोटा र मेघबहादुर अधिकारी, आईटी अफिसर हिरालाल भण्डारी तथा लेखा अधिकृत राजीब बस्नेत संलग्न रहेको उल्लेख छ।
यस्तै, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह तथा हिमालयन मेडिटेक प्रा.लि. का प्रमुख अमर श्रेष्ठ र सन्जु राजकर्णिकारसमेतको मिलेमतोमा भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ।
अख्तियारका अनुसार प्रतिष्ठानका लागि ‘१२८ स्लाइस सिटी स्क्यान मेशिन’ खरिद गर्दा सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार खरिद गुरुयोजना तयार नगरिएको, प्राविधिक स्पेसिफिकेसन तथा लागत अनुमानसमेत नबनाई सम्झौता गरिएको पाइएको छ।
राज्य कोषबाट अमेरिकी डलरमा भुक्तानी दिने गरी सम्झौता गरिएको कारण कुल सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ ९९ पैसाको हानि–नोक्सानी भएको अभियोगपत्रमा उल्लेख छ।
अख्तियारले सबै प्रतिवादीलाई भ्रष्टाचारबापत विगो बराबर जरिवाना, विगो असुली तथा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजायको माग गरेको छ। ‘१२८ स्लाइस सिटी स्क्यान मेशिन’ खरिदमा अनियमितता भएको उजुरीमाथि अनुसन्धान गर्दा भ्रष्टाचार पुष्टि भएको अख्तियारको दाबी छ।

प्रकाशित मिति:
बिहीबार, माघ १५, २०८२
१६:०३
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्