Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा सीके राउतसँग निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौं – निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग स्पष्टीकरण सोधेको छ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका राउतले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको हो।

आयोगका अनुसार राउत उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा पर्ने सार्वजनिक स्थान (चौबाटो) मा आफ्नो निर्वाचन चिन्ह र पार्टीको झण्डा प्रयोग गरी तोरण बनाएर प्रदर्शन गरिएको विषयमा उजुरी दर्ता भएको छ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीले पठाएको पत्रमा राउतलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ। पत्रमा उजुरीमा उल्लेख भएअनुसार निर्वाचन क्षेत्रमा निर्वाचन चिन्ह र दलको झण्डाको तोरण बनाई सार्वजनिक रूपमा प्रदर्शन गरिएको हो वा होइन भन्नेबारे स्पष्ट गर्न माग गरिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार