Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेसको प्रधानमन्त्री उम्मेदवार “नयाँ युगका प्रतिनिधि” : विश्वप्रकाश शर्मा

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै शर्मा भनेका छन् कि कांग्रेसले आत्मालोचना गरेर अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको छ। उनका अनुसार पार्टीको मुख्य लक्ष्य अहिले सद्भाव, सुशासन र समन्नुत हो, र नेपाली समाजलाई सबैभन्दा बढी आवश्यक कुरा सद्भाव हो।

उपसभापति शर्माले भने, “कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्दछन्। प्रधानमन्त्रीका उम्मेदवार धेरै छन्। कोही भदौ २३, कोही भदौ २४ वाला। नेपाली काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो। पार्टीले सबै विषयलाई आत्मालोचनासहित समेटेर नयाँ युगमा अघि बढिरहेको छ।”

शर्माले निर्वाचनमा हार–जितको कुरा सधैं रहिरहने भए पनि काँग्रेस अब देश परिवर्तनका लागि दृढतापूर्वक अघि बढिरहेको बताएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार