Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौं । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली छ।

महाशाखाका अनुसार बागमतीका केही स्थान र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार