NL न्यूज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउने आदेश दिने कुनै संवैधानिक अधिकार नरहेको र आफूले त्यस्तो आदेश कहिल्यै नदिएको ओलीको स्पष्ट भनाइ छ।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै ओलीले पछिल्ला दिनमा भदौ २३ को घटनालाई लिएर आफूविरुद्ध गलत प्रचार भइरहेको आरोप लगाएका छन्। आफूमाथि लगाइएका आरोप पूर्णरूपमा निराधार रहेको उनको दाबी छ।
‘हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार दिएको छैन। त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन, र सोच्न पनि सक्दिनँ,’ ओलीले लेखेका छन्।
घटनापछि आफूले तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरेको स्मरण गराउँदै ओलीले ज्यान गुमाएका १९ जना नानी–बाबुप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘त्यो पीडा आजसम्म पनि मसँगै छ,’ उनले उल्लेख गरेका छन्।
ओलीका अनुसार माइतीघरबाट शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा करिब मध्यान्हतिर घुसपैठ गर्ने तत्व सक्रिय भए। ती समूहले युवाहरूलाई निषेधित क्षेत्रतर्फ धकेलेको र आयोजकहरूले पटक–पटक घुसपैठ भएको जानकारी दिँदै घर फर्किन आग्रह गरेको उनले दाबी गरेका छन्।
‘योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनसम्म पुर्याउन खोजे,’ ओलीको भनाइ छ। संसद् भवनमाथि आक्रमण हुन थालेपछि कानुनअनुसार सुरक्षाकर्मीले बल प्रयोग गर्नैपर्ने अवस्था सिर्जना भएको उनले बताएका छन्।
संसद् भवनअघि आगजनीको प्रयास र विस्फोटक पदार्थ प्रयोग भएपछि त्यसलाई सामान्य आन्दोलन नभई ‘राज्यविरुद्धको हमला’ मानिने ओलीको टिप्पणी छ। संसद् भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको उनको दाबी छ।
‘यदि सुरक्षाकर्मीले हतियार खोसिन दिएका भए के हुन्थ्यो? यदि संसद् भवन जलेको भए? त्यसबेला पनि ज्यान जाने थिएन र?’ ओलीले प्रश्न गरेका छन्। उनका अनुसार ती समूहहरूको उद्देश्य नै अराजकता फैलाएर देशलाई हिंसातर्फ धकेल्ने थियो, जुन पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ।
ओलीले राजीनामापछि सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतजस्ता राज्यका प्रमुख धरोहरहरूमा आगजनी भएको स्मरण गराउँदै विश्वका जुनसुकै देशमा पनि संवैधानिक निकायको सुरक्षाका लागि सुरक्षाकर्मी सधैं हतियारसहित तैनाथ रहने उल्लेख गरेका छन्। ‘सुरक्षाकर्मीले सरकारको आदेश होइन, कानुनको शपथ लिएका हुन्छन्। त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन,’ उनले स्पष्ट पारेका छन्। ओलीले माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग नगरेको र वानेश्वरको निषेधित क्षेत्र नाघ्दासम्म पनि गोली नचलेको दाबी गरेका छन्। तर बालबालिकालाई घेरेर कानुनले स्वतः बल प्रयोग गर्नुपर्ने स्थानसम्म पुर्याइएपछि स्थिति नियन्त्रणबाहिर गएको उनको भनाइ छ।
अन्त्यमा ओलीले आफू कुनै पनि मञ्चमा बसेर यस विषयमा खुला रूपमा जवाफ दिन तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमा फैलाइने गलत प्रचारमा नलाग्न आग्रह गर्दै उनले १९ जना नानीबाबुको मृत्युले आफू गहिरो रूपमा मर्माहत भएको दोहोर्याएका छन्।
‘माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद् भवनजस्तो संवेदनशील ठाउँतर्फ कसले, किन र कसरी लग्यो ? यो प्रश्नको जवाफ पनि खोजिनुपर्छ,’ ओलीले आग्रह गरेका छन्।

यस्तो छ ओलीको स्टाटस :
प्रकाशित मिति:
बुधबार, माघ १४, २०८२
१९:०९
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्