NL न्यूज
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन्। यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन देशभरबाट २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका छन्।
प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले ६१ जिल्लामा छनोटको नतिजा सार्वजनिक भइसकेको जानकारी दिए। निर्वाचन प्रहरीको आवश्यकता भन्दा कम दरखास्त परेका १६ जिल्लामा भने नतिजा प्रकाशनको तयारी भइरहेको उनले बताए।
उनका अनुसार अपुग भएका जिल्लामा पुनः दरखास्त आह्वान गरिएको छ र ती जिल्लामा बुधबार लिखित तथा मौखिक परीक्षाको नतिजा सार्वजनिक गरिनेछ।
माघ १५ बाट तालिम, माघ २५ देखि फिल्डमा परिचालन
छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि १० दिने तालिम दिइनेछ। तालिमपछि माघ २५ देखि उनीहरूलाई निर्वाचन सुरक्षामा फिल्डमा परिचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसैबीच सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरी भर्नाको प्रक्रिया अघि बढाएको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरीले निर्वाचन प्रहरी छनोट गरिरहेको छ।
सशस्त्र प्रहरीले पहिलोपटक १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्दैछ। प्रारम्भिक छनोट सकिएपछि उनीहरूलाई सशस्त्र प्रहरीले नै तालिम दिने बताइएको छ।
१ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी, ७ अर्बभन्दा बढी बजेट
यसपटकको निर्वाचनमा नेपाल प्रहरीले कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरेको छ। त्यसका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ। निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएका सबैको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सिआरएस जाँचबाट अपराधमा संलग्न व्यक्ति वा फरार अभियुक्त पहिचान गरिनेछ।

प्रकाशित मिति:
बुधबार, माघ १४, २०८२
१३:३८
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्