NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित बनाउन मातहतका पार्टी संरचनालाई कम्तीमा १२ वटा समिति गठन गर्न निर्देशन दिएको छ।
निर्वाचन परिचालन समितिका संयोजक तथा उपसभापति विश्वप्रकाश शर्माले बुधबार परिपत्र जारी गर्दै प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्र कार्यसमितिका सभापतिलाई अविलम्ब समिति गठन गर्न निर्देशन दिएका हुन्।
‘विजय अभियान व्यवस्थित बनाउन निम्नानुसारका समिति र संरचना सबै तहमा तत्काल गठन गर्नु/गराउनु हुन,’ शीर्षकमा जारी परिपत्रमा शर्माले आमनिर्वाचनमा पार्टी पंक्तिलाई योजनाबद्ध र व्यवस्थित रूपमा परिचालन गर्न आवश्यक संरचना निर्माण गर्न आग्रह गरेका छन्।
परिपत्रमा कतिपय स्थानमा समिति गठन भइसकेको उल्लेख गर्दै जहाँ गठन हुन बाँकी छ, त्यहाँ ढिलाइ नगरी तत्काल समिति गठन गर्न आग्रह गरिएको छ।
यी १२ समिति गठन गर्नुपर्ने
परिपत्रअनुसार सबै तहमा निम्न समितिहरू गठन गर्नुपर्नेछः
१. निर्वाचन व्यवस्थापन सचिवालय
२. निर्वाचन परिचालन मूल समिति
३. निर्वाचन प्रचार–प्रसार मूल समिति
४. स्थानीय तह समन्वय समिति
५. बौद्धिक क्षेत्र समन्वय समिति
६. सामाजिक सङ्घ–संस्था समन्वय समिति
७. धार्मिक सङ्घ–संस्था समन्वय समिति
८. निजी क्षेत्र समन्वय समिति
९. १८वर्षमाथि ३० वर्षमुनिका विशेष अभियान समिति
१०. पूर्वआप्रवासी समन्वय समिति
११. स्थानीय प्रशासन समन्वय समिति
१२. अनुगमन समिति
यसैगरी निर्वाचन परिचालन समिति र प्रचार–प्रसार समिति अन्तर्गत आवश्यक उपसमिति पनि गठन गर्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ।
कांग्रेसले संगठनात्मक संरचनालाई बलियो बनाउँदै निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यस्तो निर्देशन दिएको देखिन्छ।

प्रकाशित मिति:
बुधबार, माघ १४, २०८२
१३:२२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्