NL न्यूज
काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बायाँ खुट्टाको अगाडिको भागमा चोट लागि कोषिकामा संक्रमण भएका कारण उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । मंगलबार साँझ उपचारका लागि गएका लामिछानेको खुट्टामा संक्रमण भएको पाइएपछि अस्पतालले थप उपचारका लागि भर्ना गरेको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईले जानकारी दिए । अनको अवस्था हाल सामान्य रहेको उनले बताए ।
लामिछानेका स्वकीय सचिव अभिनाष आचार्यका अनुसार माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा लामिछानेज्युको देब्रे खुट्टामा चोट लागेको थियो । 'सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ। त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन् ।






प्रतिक्रिया दिनुहोस्